बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत १ गते

५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ४४ वर्षीय कमलबहादुर ओलीलाई चैत १ गते गिरफ्तार गरेको छ ।
पीडितलाई घरमा सुतिरहेको बेला फागुन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालयका डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।

घरमा एक्लै सुतिरहेकाे बेलामा आरोपितले बलात्कार गरेकाे पीडितले बताउनु भयाे ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन