बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ फागुन २५ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–७ का १८ वर्षीय निराजन खत्रीलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन