बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-३ गोलपार्कका २५ वर्षीय अर्जुन ठटराईलाई आरोपितको घरबाटै माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ २४ गते बलात्कार गरेको भनी पीडित पक्षले माघ २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।
पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको सई पुरीले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…