बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षीय बुबालाई विनयी त्रिवेणी गाउँपालिकाबाट फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बुबाले ०७९ माघ ११ गते बलात्कार गरेको भन्दै फागुन ९ गते बालिकाको आमाले इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिनु भएको थियो ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको डिएसपी सन्तोष पाठकले बताउनुभयो । आरोपित विरूद्ध फागुन १० गते नवलपुर जिल्ला अदालतमा म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
पीडित बालिकाको बुबा र आमा छुट्टिएपछि बालिका बुबा संग बस्दै आएकी थिइन् । बालिकालाई तिन वर्ष अगाडी बाट बुबाले शारिरिक तथा मानसिक यातना दिदै आएको र माघ ११ गते बलात्कार गरेपछि पीडित बालिका मामाको घरमा गई बस्दै आएकी थिइन् ।
बालिकाले घटनाको बारेमा जानकारी गराएपछि फागुन ९ गते बालिकाको परिवारका अन्य सदस्यले प्रहरीमा मौखिक उजुरी दिएका हुन् । प्रहरीले मौखिक उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ९ गते मध्यविन्दु जिल्ला अस्पतालमा भएको छ ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…