बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१२ का २० वर्षीय दिपक बिकलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर फागुन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन गौतमले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

 


जयनारायण पुन