बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ फागुन ५ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ३५ वर्षीय लालबहादुर विकलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विकविरूद्ध फागुन ३ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा काका पर्ने आरोपित विकलाई अनुसन्धानका लागि फागुन ३ गते घरबाटै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा फागुन ३ गते गरिएको जनाएको छ ।


जयकृष्ण यादव