बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ फागुन ५ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर १९ वर्षीय एक युवकलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ माघ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित मामाविरूद्ध माघ २४ गते इलाका प्रहरी कार्यालय चक्रघट्टीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा नाताले मामा पर्ने आरोपितलाई अनुसन्धानका लागि फागुन ३ गते सप्तरीको कञ्चनपुरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा माघ २४ गते गरिएको छ ।


जयकृष्ण यादव