बलात्कार घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई फागुन २ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेमराम पार्कीलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।
ससुरालीमा काम गर्दै आएका पार्कीलाई प्रहरीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट गिरफ्तार गरेको हो ।
आफूमाथि बलात्कार भएको भन्दै पीडितले फागुन ३ गते प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय, गोकुलेश्वरबाट खटिएको प्रहरीले टोलीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर राजेश शाहीले बताउनु भयो ।
उहाँले आरोपित विरुद्ध फागुन ३ गते जिल्ला अदातलमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा समेत दर्ता गरिएको बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३ गते गोकुलेश्वर अस्पताल, दार्चुलामा गरिएको छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…