बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ गाउँपालिका स्थायी घर भई चैनपुर नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन राईलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले माघ २९ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई चैनपुर माल्टाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २ गते गरिएको छ ।


भविन कार्की