बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका—३ का २३ वर्षीय दिपक रायलाई फागुन २ गते गिरफ्तार गरेको छ ।

आरोपित रायले बालिकालाई ०७९ असार १२ गते डर त्रास देखाएर बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा ०७९ असार २० गते उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा ०७९ असार २० गते गरिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

 


कोपिला तिमल्सिना