बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–७ का ३४ वर्षीय मोहन गुरुलाई माघ २५ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडतलाई आरोपितले माघ २० गते बलात्कार गरेको भन्दै पीडितले माघ २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडित परिवारका अनुसार बालिकालाई नृत्य सिकाउने शिक्षकले माघ २० गते बलात्कार गरेकोले न्यायका लागि प्रहरीमा उजुरी दिएकोे इन्सेककर्मीलाई बताउनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको अस्पतालले जनायो ।


रीमा बिसी