बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ २९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका–३ का २३ वर्षीय पविन राईलाई माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ माघ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २९ गते गरिएको छ ।


ईश्वर थापा