बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का रविन थापा मगरलाई ०७९ माघ २८ गते प्रहरीले हिलेदेवीबाट गिरफ्तार गरेको छ ।
माघ २७ गते साँझ गाल्पा बाजारबाट घर जने क्रममा बालिकाको पछि लागेका थापाले घर नजिकै खोल्सोमा पुगेपछि बलात्कार गरेको पीडित बालिकाको भनाई छ । पीडित बालिकाले हारगुहार गरेपछि स्थानीय जम्मा भएका थिए । स्थानीय भेला भएपछि भागेका थापालाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको हो ।
पीडित पक्षले माघ २८ गते नै प्रहरीमा उजुरी दिएका थिए । पीडित बालिकाको सोही दिन मन्थली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
आरोपिलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी इन्सपेक्टर राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…