बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ २८ गते

१७ वर्षीया बालिकालाई  बलात्कार  गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका –१ भोटेटारका ३१ वर्षीय उज्ज्वल खुलाललाई  माघ २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ साउन २७  गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार कमल चौधरीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २७ गते गरिएको छ ।


बविता मैनाली