बलात्कार घटनाका आरोपित गिरफ्तार

६९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोरपझोङ गाउँपालिका-१ चिमाङका ३५ वर्षीय सुनबहादुर बिकलाई माघ २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै आरोपितलाई स्थानीयबासीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।

पीडित महिलाको स्वास्थ परीक्षण माघ २३ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङका इन्स्पेक्टर मित्र आचार्यले जानकारी दिए ।


इन्सेक क्षेत्रीय कार्यालय, पोखरा