बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिका–४ आरुवोटका ६० वर्षिय रमेश पोखरेललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ ।
पुष ३० गते र पछिल्लो पटक माघ २० गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २६ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको हो ।
पीडितका आफन्तले माघ २७ गते जिल्ला प्रहरी कार्यालय गोरखामा लिखित उजुरी दिएका छन् । माघ २७ गते नै आरोपित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण माघ २७ गते गोरखा अस्पतालमा भएको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य छनोट प्रक्रिया पारदर्शिताको माग गर्दै ध्यानकर्षण गराएको छ । कात्तिक…
सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् । सिफारिस…
इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित
जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश गाउँमा…
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ । तामाङका पति कर्णबहादुर तामाङले हस्तकुमारीलाई…
मजखोरी माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित
छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विगत लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । गणित र विज्ञान विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै…