बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ २२ गते

११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ ।

आफ्नै घरमा बालिकालाई ०७९ पुस २४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले प्रहरी वृत्त जगातीमा माघ २० गते उजुरी दिएको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ २० गते गरियो । पीडितलाई शक्ति समूहले सञ्चालन गरेको बालआश्रम चुच्चेपाटी काठमाडौँमा पठाएको र आरोपितबारे अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।


रमेश गिरी