बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १९ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।

किशोरीलाई ललाई फकाइ सूर्यबिनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङस्थित बन्देश्वरी जङ्गलमा लगेर ०७९ माघ १८ गते बलात्कार गरेकाे भन्दै पीडित परिवारले माघ १९ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भक्तपुर अस्पतालमा माघ १९ गते गरियो ।

घटनाका आरोपितबारे अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।


रमेश गिरी