बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १९ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–६ का ६७ वर्षीय सूर्यकुमार कन्दङवालाई माघ १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १८  गते गरिएको छ ।


सुरेश खत्री