बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ ।
पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर बालिस्टर सिंहले बताउनु भयो । आरोपितले विभिन्न किसिमको प्रलोभन र डरत्रास देखाई पुस ३० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले माघ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।
बलान बिहुल गाउँपालिका–२ चन्हीस्थित श्री भगवती राष्ट्रिय प्राथमिक विद्यालयको दक्षिण रहेको बाँसझारीमा आरोपितले विवाह गर्छु भनि झुठ्ठा आश्वासन दिई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १५ गते भएको अस्पतालले जानकारी दिएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…