बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १५ गते

६३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दूधकोशी गाउँपालिका– ३ पञ्चनका ५० वर्षीय तेजबहादुर कार्कीलाई माघ १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७९ माघ ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १३ गते गरिएको छ ।


अञ्जु कार्की