बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १५ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नगरपालिका–२२ का २२ वर्षीय संतोष कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडितकी आमाले आरोपितलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा माघ १२ गते उजुरी दिएको उहाँले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेसिक अस्पताल सिरहामा माघ १२ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रदिप पौडेलका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।


दुर्गा परियार