बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ १३ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा पछिल्लो पटक माघ १० गते बलात्कार गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । पटक पटक बलात्कार गर्ने गरेको र बालिका बिरामी परेको अवस्थामा माघ ११ गते उद्धार गरि सहयात्री समाजले सञ्चालन गरेको सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडित बालिकाको माघ १२ गते धादिङ अस्पतालमा स्वास्थ्य उपचार भयो । आरोपित विरुद्ध माघ १२ गते हाडनाता करणी अन्तर्गत उजुरी दर्ता भई अनुसन्धानका लागि जिल्ला अदालतबाट हिरासतमा राख्नका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर रमेश थापाले बताउनुभयो ।


सीताराम अधिकारी