बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ ९ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले ०७९ माघ ९ गते नवलपुर बजारबाट गिरफ्तार गरेको छ ।

पीडितलाई स्थानीय जङ्गलको बाटोमुनी लगि पुस २५ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितको तर्फबाट पीडितकी आमाले पुस २६ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते नवलपुर अस्पतालमा भएको चिकित्सक धर्मेन्द्र पाण्डेले बताउनुभयो ।

घटनापछि आरोपित फरार भएकाले खोजतलासपछि फेला परेको इन्स्पेक्टर के.सी.ले बताउनुभयो ।


नातिबावु धिताल