बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ ६ गते

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–११ का ४५ वर्षीय श्रीराम चौधरीलाई माघ ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ३ गते बलात्कार गरेर भन्दै पीडित पक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

महिला घरमा सुतिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर आएका आरोपितले बलात्कार गरेको पीडित पक्षले बताए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन