बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ ४ गते

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा२ का ३७ वर्षीय नमराज पौडेललाई माघ ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १८ गते लमही नपा६ बेलदमारस्थित जङ्गलमा घाँस काट्न गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बीरबहादुर वलीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


जयनारायण पुन