बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ माघ ३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–५ का ३० वर्षीय गणेश शिवालाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले ०७९ पुुस ३० गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदवारी नगरपालिका–५ माल्टाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २ गते गरिएको छ ।


भविन कार्की