बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई पुस २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ पुस २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २७ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

धरान उपमहानगरपालिका–८ स्थित लाङ्गघाली सामुदायिक वनमा बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पुस २७ गते गरिएको छ ।


ईश्वर थापा