बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित गोलान्जोर गाउँपालिका-६ नाकाजोलीका २८ वर्षीय छबिन्द्रबहादुर मगरलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

फरार रहेका आरोपितलाई कमलामाई नगरपालिका-४ मा रहेको गणपति होटलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गर्न जिल्ला अदालत सिन्धुलीबाट पुस ६ गते पक्राउ पुर्जी जारी भएको थियो ।

पीडित महिलालाई ०७९ कात्तिक १९ गते आरोपितले बलात्कार गरेको भन्दै  पीडित पक्षले पुस ६ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन सिन्धुली अस्पतालमा भएको थियो ।


नबिनबाबु अधिकारी