बलात्कार घटनाका आरोपित गिरफ्तार

   ०७९ पुस १८ गते

१८ वर्षीया युवतीलाई ०७९ पुस १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का १८ वर्षीय सविन थापालाई पुस १८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्लाका प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १७ गते गरिएको छ ।


जयकृष्ण यादव