बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस २५ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय आफन्तलाई पुस २२ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  मङ्सिर २० गते बलात्कार गरेको भन्दै  पीडितले पुस २२ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिनुभयो ।

पीडितका अनुसार आफूलाई डर धम्की देखाएर बलात्कार गरेकोले ढिला गरी प्रहरीमा उजुरी दिएको हो ।

उजुरीका आधारमा कारवबही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २० गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

 


रीमा बिसी