बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस २३ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–९ का २२ वर्षीय अनोवर यादवलाई पुस २१ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २१ गते काम छ भन्दै बोलाएर बलात्कार गरेको आरोपमा पीडित  पक्षले पुस २१ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएको पीडित पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर ओलीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


जयनारायण पुन