बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस २२ गते

१५ वर्षीया बालिकालाई  बलात्कार  गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–६ का २० वर्षीय सन्तोष योगीलाई पुस  २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २५ गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तेजबहादुर दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १८ गते गरिएको छ ।


बविता मैनाली