बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस २० गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ का ४५ वर्षीय लेकधन राईलाई पुस १८ गते गिफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७९ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १८ गते गरिएको छ ।


तारानाथ फुयल