बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस १८ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, दुहवी नगरपालिका –९ का ३० वर्षीय तजमुल इस्लाम आलमलाई पुस १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ पुस १६ गते लालीगुँरास नगरपालिका–२ बसन्तपुरस्थित एक होटलमा लगि बलात्कार गरेको पीडित पक्षको छ ।

आरोपितविरूद्ध पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १७ गते गरिएको छ ।


सुरेश खत्री