बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ पुस १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निजगढ नपा–२ का ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठलाई ०७९  पुस १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित श्रेष्ठले गत असोज १९ गते दशैंको टिकाको दिन आरोपितको घरमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते उजुरी दिएकी थिइन् । ईलाका प्रहरी कार्यालय निजगढले सोही दिन उजुरी दर्ता गरी खोज तलास गरिरहेको थियो ।
बिभिन्न प्रलोभन तथा डरत्राश देखाउँदै गत एक वर्ष देखि आरोपित श्रेष्ठले अमर्यादित कार्य अर्दै आएको पीडित बालिकाले बताउनुभयो ।
असोज २४ गते पीडितका आफन्त र आरोपित बीच घटनाका बारेमा छलफल हुँदा आरोपित श्रेष्ठले घटना लुकाउन अनुरोध गरेपछि पीडित पक्षले हातपात गर्न लाग्दा आरोपित छलफलबाट भागेको पीडितकी आमाले बताउनुभयो ।
पीडितकी आमाले दिएको उजुरी तथा पीडितको बयान र स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा आरोपितलाई पुस १७ गते गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सन्जीव ओलीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २५ गते निजगढ अस्पतालमा गरिएको हो ।


भोलानाथ पौडेल