बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ का ३२ वर्षीय तिलबहादुर कुमाललाई पुस १३ गते गिरफ्तार गरेको छ ।

पीडतलाई आरोपितले पुस १० गते बलात्कार गरेको भन्दै पीडितले पुस १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

आफू मजदुरी गर्न गएको अवस्थामा आरोपितले बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।


रीमा बिसी