बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१९ ब्रह्मपुरका ५५ वर्षीय खेमराज गिरीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १८ गते बलात्कार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर भीमबहादुर खड्काले बताउनु भयो ।

पीडित बालिकाको बाबु वैदेशिक रोजगारीमा गएको र आमा घरमा नभएको अवस्थामा आरोपितले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मङ्सिर १९ गते गरिएको छ ।


जयकृष्ण यादव