बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ मङ्सिर १९ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ११ र १२ वर्षीय बालकलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्घयले मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा तीन जना बालकविरूद्ध प्रहरीमा उजुरी दिएको पीडितका बाबुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनामा संलग्न भएको आरोप लागेका अर्का एक जना बालकको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशकुमार कार्कीले पीडित पक्षको उजुरीका आधारमा दुई जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको र अर्का एक जनाको खोजी भईरहेको बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १९ गते गरिएको जिल्ला अस्पतालका डाक्टर दीपेन्द्र बोखिमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।


देवराज गुरुङ