बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ मङ्सिर १९ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–४ धनसारका २४ वर्षीय कमलेश मल्लाहलाई मङ्सिर १६ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

घर नजिकैको बाटोमा एक्लै हिडेको अवस्थामा फकाएर खोलाको बगरमा लगेर बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।


रीमा बिसी