बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ मङ्सिर ७ गते

मानसिक समस्या भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का ४० वर्षीय नवराज डाँगीलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इप्रका तुलसीपुरका डिएसपी पुष्प मल्लले बताउनु भयो ।

मानसिक अवस्था ठिक नभएकी महिलालाई आरोपितले बलात्कार गरेको पीडित पक्षले बताए ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन