बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ मङ्सिर ३ गते

२७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ३६ वर्षीय सुरेन्द्र प्रधानलाई महानगरीय प्रहरी वृत्त थिमिले काठमाडौंको डिल्लीबजारबाट ०७९ मङ्सिर १ गिरफ्तार गरेको छ ।

०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा आफूमाथि पटक पटक बलात्कार गरेको र अन्तिम पटक २०७९ कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडित महिलाले आरोपितविरुद्ध ०७९ कात्तिक ३० गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएकी थिइन् ।

पीडितको मङ्सिर १ गते भक्तपुर जिल्ला अदालतमा स्वास्थ्य परीक्षण गरिएको र आरोपितलाई भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले जानकार दिनु भयो ।


रमेश गिरी