बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ मङ्सिर १ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएर जेठ १७ गते गर्भपत गराएको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोलका २५ वर्षीय श्यामसुन्दर साह तेलीलाई कात्तिक २८ गते बेलहिया टोलबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित तेलीले पटक–पटक बलात्कार गर्दै आएको र गर्भवती भएपछि ०७९ जेठ १७ गते गर्भपतन गराएको आरोपमा पीडितकी आमाले जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपित तेलीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी होविन्द्र बोगटीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा जेठ १७ गते गरिएको अस्पतालका सुचना अधिकारी कविन्द्रकुमार यादवले बताउनु भयो ।


भोलानाथ पौडेल