बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ कात्तिक २९ गते

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३, पर्सियाका २० वर्षीय महोमद बैस अन्सारीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी  भोजराज पाण्डेले जानकारी बताउनु भयो ।

पीडित युवतीलाई जबरजस्ती एकान्तमा लगेर  बलात्कार गरेको पीडितका बुवाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर नुरुल होदाले  जानकारी दिनुभयो ।


नारायण पराजुली