बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ कात्तिक १६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा जिल्ला सहिद लखनथापा गाउँपालिका–६ का २२ वर्षीय सन्जोन श्रेष्ठलाई प्रहरीले ०७९ कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

निलकण्ठ नगरपालिका–८ को एक होटलमा फकाएर बोलाई कात्तिक १२ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित परिवारले कात्तिक १५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।

पीडितको स्वस्थ्य परीक्षण कात्तिक १५ गते धादिङ अस्पतालमा गरियो ।


सीताराम अधिकारी