बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–११ ओलानीका २२ वर्षीय गोपाल ताम्राकारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले विवाहको प्रलोभनमा पारेर जेठ २० गते बलात्कार गरेकोले आरोपित विरुद्ध कात्तिक १३ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको पीडिताकी फुपुले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई कात्तिक १३ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा म्याद थपको तयारी भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका सई नरेद्रसिंह भण्डारीले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी