बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीले ०७८ वैशाख १९ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध ०७८ चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

पीडितले बलात्कारकै कारण बच्चा समेत जन्मिएकोले आरोपितलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १९ गते नै त्रिशूली अस्पतालमा गरिएको थियो ।

प्रहरीमा उजुरीपछि फरार रहेका आरोपित बालकलाई असोज ३० गते काठमाडौँमा लुकिछिपी बसेको स्थानबाट गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रूपक खड्काले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले सोही दिन आरोपित बालकलाई पुर्पक्षको लागि नेपालगञ्ज बालसुधार केन्द्रमा पठाउन आदेश भएको डिएसपी खड्काले बताउनु भयो ।

अदालतको आदेशपछि प्रहरीले असोज ३१ गते नै आरोपित बालकलाई नेपालगञ्ज पठाएको छ ।


नवदीप श्रेष्ठ