बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज २७ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१३ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले असोज २५ गते काठमाडौँको बौद्धबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज २४ गते बलात्कार गरेको भन्दै आरोपित सुनारविरुद्ध पीडितका आफन्तले महानगरिय प्रहरी वृत थिमिमा असोज २५ गते उजुरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो ।

आरोपित सुनारलाई असोज २६ गते जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको डिएसपी पाण्डेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थय परीक्षण असोज २५ गते भक्तपुरमा गरियो ।


रमेश गिरी