बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज २५ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको पीडित बालिकाको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १७ गते चन्द्रनिगाहापुर अस्पतालमा गरिएको छ ।

आरोपित बालकविरुद्ध पीडितले असोज १७ गते जबरजस्ती करणी शीर्षकमा आमाको रोहबरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनु भयो । घटनाको अनुसन्धान भइरहेको डिएसपी जयसवालले जानकारी दिनु भयो ।


कोपिला तिमल्सिना