बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज २० गते

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का ३७ वर्षीय आमोद नेपालीलाई असोज १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर वलीले बताउनु भयो ।

घरमा एक्लै भएको अवस्थामा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।


जयनारायण पुन